फेसबुकले पनि ल्याउदैछ सेक्रेट मेसेज



fb-message

सामाजिक सञ्जालमा एकछत्र वर्चश्व राखेको फेसबुकले निकट भविष्यमा सेक्रेट मेसेज गर्न मिल्ने सुविधा आफ्नो मेसेन्जरमा थप गर्ने भएको छ । आफ्नो मेसेन्जरमा ‘सेक्रेट कन्भरसेसन’ थप गरेर ल्याउन लागेको उक्त सुविधा फेसबुकले आफ्ना सबै प्रयोगकर्तालाई तत्काल नदिने जनाएको छ । केही क्षेत्र र व्यक्ति विशेषलाई पहिलो चरणमा दिइने यो सुविधा विस्तारै बढाउदै लैजाने बताएको छ ।

मेसेन्जरमा हुने कुराकानीलाई गोप्यता दिनका लागि फेसबुकले यस्तो किसिमको मेसेन्जर ल्याउन लागेको हो । यो मेसेन्जरको बक्समा कुन व्यक्तिसँग गोप्य कुराकानी गर्ने हो उक्त व्यक्ति छनोट गर्नुपर्छ । त्यसपछि त्यसमा रहेको सेक्रेट कन्भरसेसन थिचेपछि उक्त कुरा कति समयसम्म रहने भन्ने आफैंले निर्धारण गरेपछि पठाएको सन्देश सोही समय पछि हराएर जान्छ ।

ह्वाट्अपले पनि यो किसिमको सुविधा आफ्नो मेसेन्जरमा पहिल्यै ल्याइसकेको छ । यो सेवाका प्रयोगकर्ताहरूले सन्तोष देखाएपछि अरु पनि च्याट मेसेन्जरहरु यस्तो किसिमको सुविधा आफ्ना प्रयोगकर्ताहरुलाई दिने सोचाइमा रहेका छन् । यो होडमा आईफोनले आईमेसेन्जिङ र गुगलले अल्लोमा सेक्रेट कन्भरसेसन जस्ता टुलहरु ल्याइसकेको छ ।


क्लिकमान्डु