प्रधानमन्त्रीको सम्बोधन शुरु, भने- महामारीबाट बच्न सजिलो छैन, दैनिक व्यवहार परिवर्तन गर्नुहोस्
काठमाडाैं । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताएका छन् ।
शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीको सम्बोधन जारी छ ।
यसअघि सरकारले २५ जनाभन्दा बढी समूहमा जम्मा नहुन, भीड हुने ठाउँमा सकेसम्म नजान र अत्यावश्यक बाहेकका काममा घरबाट ननिस्कन निर्देशन दिइसकेको छ ।
साथै चैत ६ गतेदेखि हुने तय भएको कक्षा १० को एसईई परीक्षा स्थगित गरेको छ भने विश्वविद्यालयका सम्पूर्ण परीक्षा र लोकसेवा आयोगले पनि अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण परीक्षा स्थगित गरिसकेको छ ।
जसले गर्दा उपत्यका छाडी बाहिरिने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ ।
सरकारले सिनेमा हल, बार, रेष्टुराँ, क्लबमा भीड नगर्न यसअघि नै निर्देशन जारी गरिसकेको थियो । जसले गर्दा सम्पूर्ण शैक्षिक संस्थाहरु, शैक्षिक परामर्श संस्था बन्द भइसकेका छन् भने होटल तथा रेष्टुराँहरु पनि बन्द हुने क्रम जारी छ ।