काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधासहित सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार ‘सिटिजन्स संरक्षित बचत खाता’ ५ हजार रुपैयाँमा खोल्न सकिन्छ भने दैनिक मौज्दातमा वार्षिक ६.५० प्रतिशत ब्याजदर पाइन्छ । साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत सेवाग्राहीले प्राप्तगर्न सक्नेछन् । यस योजनामा संलग्न हुने ग्राहकका लागि ५० हजार रुपैयाँको स्वास्थ्य बीमा (अस्पतालभर्ना खर्च) र ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा बराबरको दाबी भुक्तानीको सुविधा पाउनेछन् ।
त्यस्तै, सिटिजन्स तलब बचत खातामा कर्मचारीहरुले शुन्य ब्यालेन्समै खाता खोल्न सक्नेछन् । जसमा दैनिक मौज्दातमा वार्षिक ६.५० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।
कर्मचारीहरूको तलब व्यवस्थापनका लागि अत्यन्तै फलदायीहुने विश्वास बैंकले लिएको छ ।
यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति लागि २५ हजार रुपैयाँको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र ३ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ । सो बराबरको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराइने बैंकले जनाएको छ ।
यी दुबै योजनामा निःशुल्क भिसा डेबिट कार्ड, निशुल्क अन्तर शाखा कारोबार, निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा (मोबाइल), अनलाइन कारोबार गर्न सुरक्षित थ्री डी सेक्युर प्रविधिमा निःशुल्कदर्ता, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, नेपाल भरीका जुनसुकै एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन् ।
बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९१ वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ इकाइबाट ५ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।
अन्तर्र्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेसिनमार्फत् सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगदफिर्ता) हुने योजना सञ्चालनमा छ ।






प्रतिक्रिया