सिटिजन्स बैंकद्वारा जाजरकोटको विद्यालयलाई एक लाख सहयोग




काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जाजरकोटको नलगाड नगरपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रु एक लाख आर्थिक सहयोग गरेको छ ।

उक्त विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिव ११५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो । उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पुर्वाधार निर्माण गरिने विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । शुद्ध खानेपानीका पहुँचबाट निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार आउने विश्वास बैंकले व्यक्त गरेको छ ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने समेत जानकारी गराएको छ ।


क्लिकमान्डु