तलब कम दिने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारवाही गर्ने, सुविधा बढाउन दवाव (भिडियाेसहित)



काठमाडौं । सरकारी तथा निजी क्षेत्रका संघ संस्थाहरुमा कर्मचारीको दैनिक कामको समय अवधि तोकिएको हुन्छ । श्रम ऐनले दैनिक ८ घण्टाको नियम बनाएको छ ।
सरकारले तोकेको समयभन्दा बढी काम लगाए संस्थाले कर्मचारीलाई श्रम शोषण गरेको मानिन्छ । तर नेपालमा अधिकांस निजी क्षेत्रका संघ संस्थाहरुले सरकारले तोकेको समयभन्दा बढी कर्मचारीलाई काम लगाइरहेका हुन्छन् ।

सर्वसाधारणमा सरकारी कार्यालय बाहेक बैंक तथा वित्तीय संस्थामा कर्मचारीलाई तोकिएको समयभन्दा बढी काम लगाइदैन भन्ने भान हुन्छ । तर सर्वसाधारणको बुझाइ गतल भएको पुष्टी राष्ट्र बैंकले गरेको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीहरुको श्रम शोषण गर्ने गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताएका छन् । ‘केही बैंकहरुले कर्मचारीलाई अनाधिकृतरुपमा १०/११ घण्टासम्म काम लगाइरहेका छन्,’ उनले भने ‘यस्ता घटनाहरु प्रचलित कानुन विपरित घटाइएका हुन् ।’ राष्ट्र बैंकमा परेको उजुरीको आधारमा राष्ट्र बैंकले छानविन गरि कार्वबाही गर्ने उनले बताए ।

कर्मचारीलाई अतिरिक्त समय काम लगाएर तर त्यसको पारिश्रमिक नदिएका उजुरी राष्ट्र बैंकमा आएको र त्यसका छानविन प्रक्रिया अघि बढिसकेको प्रवक्ता निरौलाले जानकारी दिए । ‘बैंकहरुले काउन्टरमा बस्ने कर्मचारीलाई डिपोजिट कलेक्सनको टार्गेट दिएका हुन्छन्,’ उनले भने ‘बैंकको यस्ता हर्कतले सञ्चालन जोखिम बढाउन मद्दत गरिरहेको छ ।’

 

बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीको श्रम शोषण गरेको राष्ट्र बैंकमा उजुरी परेर राष्ट्र बैंकले छानबिन प्रक्रिया अगाडि बढाउँदा सम्म यो कुरा मान्न भने बैंकर्स संघ तयार छैन् । केही १/२ वटा बैंकहरुले कर्मचारीलाई कहिले काहीँ बढी समय काम लगाएको भएता पनि समस्या नै उब्जिने गरि कर्मचारीलाई श्रम शोषण नगरेको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र डुंगानाले बताए ।

‘बैंकहरुले कर्मचारीलाई अतिरिक्त समय काम लगाउने पाश्रिमिक नदिएर श्रम शोषण गरेको नै छैन्,’ उनी भन्छन् ‘त्रैमास वा वर्षको अन्त्यमा कहिले काहीँ ओभर टाइम गर्नु पर्ने हुन्छ त्यसलाई अन्यथा लिनु भएन, तर काम बढी भयो भने बैंकहरुले २ वटा सिफ्टमा कर्मचारीलाई काम लगाइरहेको छ ।’ बैंकको जागिरमा सबैको आकर्षण हुन्छ यसको कारण भनेको नै राम्रोतलब भत्ता र सेवा सुविधाको कारण सबै आकर्षित भएका अध्यक्ष ढुुंगानाको भनाई छ ।


क्लिकमान्डु