टुटल र पठाओ सञ्चालन नरोक्न यातायातमन्त्री नेम्वाङको निर्देशन



काठमाडौं । गत मंसिर ३ गते यायायात व्यवस्था विभागले सूचना जारी गर्दै सञ्चालनमा राके लगाएको पठाओ र टुटलको सेवालाई कानून नबनेसम्म नरोक्न श्रम तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङले निर्देशन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिवसँग भएको बैठकमा मन्त्री नेम्वाङले कानून नबनुञ्जेलसम्म सञ्चालन सेवा नरोक्न निर्देशन दिएका हुन् ।

विभागले निजी नम्बर प्लेटमा दर्ता भएका सवारी अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाउने भन्दै सूचना जारी गरेको थियो । सोही आधारमा टुटल र पठाओका राइडरलाई ट्याक्सी चालकले रोकेर दुव्र्यवहार समेत गरेका थिए ।

प्रहरीले पनि सेवा सञ्चालन गरेको भन्दै चिट समेत काटेको थियो ।

त्यस्तै, मंगलबार ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओको सञ्चालन फेरि सुरु गरे आफूहरु कडा प्रतिवादमा उत्रने चेतावनी दिएका थिए ।


क्लिकमान्डु