
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले २०८३ वैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीले उद्घाटन गरेको सो कार्यक्रममा विभागीय प्रमुखहरू र विभिन्न शाखाका शाखा प्रमुखहरू लगायत कम्पनीका वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरु गरी करिब ३०० जनाको उपस्थिती रहेको थियो ।
समुद्घाटन कार्यक्रममा बोल्दै सीईओ खत्रीले आर्थिक वर्ष २०८३/८३ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।
उनले अभिकर्ता संजाललाई थप मजबुत बनाउने तर्फ कम्पनीको विशेष ध्यान रहने बताए ।
कार्यक्रममा अभिकर्ताहरुलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रकै अन्तर्राष्ट्रिय उपाधि एमडिआरटीको लक्ष्य पूरा गर्नका लागि अपनाउनु पर्ने क्रियाकलापहरुको बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा स्ट्याण्ड अप कमेडियन सुमन कार्कीको कमेडी प्रस्तुति सहित नेपालका चर्चित कलाकारहरू रामचन्द्र काफ्ले र जुनु रिजालको बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने कन्सर्टको मूख्य आरम्भ नेपालका चर्चित गायक दिपक बज्राचार्य एण्ड रिदम व्याण्डको लाइभ प्रस्तुति र चर्चित डिजे, डिजे अमुको प्रस्तुति थियो ।





प्रतिक्रिया