
काठमाडौं । माइडियाले नेपाली बजारमा आफ्नो नयाँ माइडिया डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ ।
आधुनिक डिजाइन, प्रयोगमैत्री संरचना तथा स्मार्ट सुविधासहित ल्याइएको यो रेफ्रिजेरेटरले नेपाली परिवारको दैनिक जीवनलाई थप सहज बनाउने कम्पनीले जनाएको छ ।
२१ लिटर स्टोरेज क्षमता भएको यस उत्पादनले साना तथा मध्यम आकारका परिवारका लागि पर्याप्त भण्डारण सुविधा उपलब्ध गराउनेछ ।
कम्पनीका अनुसार, यो रेफ्रिजेरेटरमा डाइरेक्ट कूल नन् इन्भर्टर टेक्नोलोजी समावेश गरिएको छ, जसले प्रभावकारी चिसोपन कायम राख्न सहयोग पुर्याउँछ । साथै इजी मेकानिकल टेम्प्रेचर कन्ट्रोलले प्रयोगकर्तालाई आवश्यकता अनुसार तापक्रम नियन्त्रण गर्न सहज बनाउँछ ।
यस उत्पादनमा रहेको स्पेसिअस बिग कूलिङ जोनले फलफूल, तरकारी तथा अन्य खाद्य सामग्रीलाई लामो समयसम्म ताजा राख्न मद्दत पुर्याउँछ ।
कम्पनीले उत्पादनमा २ वर्षको वारेन्टी तथा कम्प्रेसरमा १० वर्षको वारेन्टी समेत उपलब्ध गराएको जनाएको छ ।
सीजी इलेक्ट्रोनिक्समार्फत नेपाली बजारमा उपलब्ध माइडियाका वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रोवेभ, एयर फ्रायर, भान्सासम्बन्धी उपकरण, पंखा, हिटर लगायत विभिन्न घरेलु विद्युतीय सामग्री उपभोक्तामाझ लोकप्रिय बन्दै गइरहेको समेत कम्पनीको भनाइ छ ।





प्रतिक्रिया