
काठमाडौँ । गर्मी मौसमको सुरुवातसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ, बिहान पकाएको खानेकुरा बेलुकासम्म कसरी जोगाउने ?
बजारबाट महँगोमा किनेर ल्याएको हरियो तरकारी र फलफूल भोलिपल्टै ओइलाउने समस्या होस् वा घामबाट थाकेर आएका परिवारका सदस्यले खोज्ने एक गिलास चिसो पानी; यी साना तर दैनिक भोगाइले हाम्रो जीवनलाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेका हुन्छन् ।
नेपाली परिवारको यही दैनिक सङ्घर्ष र भावनालाई गहिरोसँग बुझेको नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले उपभोक्ताको भान्साको चिन्तालाई पूर्ण रूपमा हटाउन ६० लिटरदेखि ५५० लिटरसम्म क्षमता भएका ४४ वटा विभिन्न मोडलका रेफ्रिजरेटरहरू बजारमा उपलब्ध गराइरहेको जनाएको छ ।
बजारमा धेरै विकल्पहरू भए तापनि नेपाली उपभोक्ताले सीजीलाई नै आफ्नो भान्साको अभिन्न अङ्ग बनाउनुका पछाडि यसको विशेष प्रविधि र किफयतीपना मुख्य कारण हुन् ।
सीजीका रेफ्रिजरेटरमा प्रयोग गरिएको ‘मल्टी-एयर फ्लो’ र ‘फास्ट कुलिङ’ प्रविधिले खानेकुराको ताजापन र पोषणलाई लामो समयसम्म जीवित राख्छ, जसले गर्दा गर्मीमा खानेकुरा छिट्टै बिग्रिएर फाल्नुपर्ने बाध्यता हट्छ ।
साथै, फ्रिज चलाउँदा बिजुलीको बिल धेरै आउँछ कि भन्ने डरलाई यसमा रहेको ‘स्मार्ट इन्भर्टर प्रविधि’ ले समाधान गरिदिएको छ । यसले आवश्यकताअनुसार मात्र कुलिङ गरी भारी ऊर्जा बचत गर्ने हुँदा उपभोक्तालाई आर्थिक भार पर्दैन।
उपभोक्ताको फरक-फरक आवश्यकता र बजेटलाई ध्यानमा राख्दै सीजीले ४४ वटा मोडलको ‘मेगा लाइनअप’ बजारमा ल्याएको छ ।
कोठा भाडामा बस्ने विद्यार्थी वा सानो परिवारका लागि विद्युत् खपत कम गर्ने र छिट्टै बरफ जम्ने ६० लिटरदेखि २३० लिटरसम्मका ३३ वटा ‘सिंगल डोर’ मोडलहरू उपलब्ध छन् ।
त्यस्तै, मध्यम र संयुक्त परिवारका लागि हप्ताभरिको तरकारी र फलफूल एकैपटक भण्डारण गर्न मिल्ने २२० लिटरदेखि ३५० लिटरसम्मका ९ वटा ‘फ्रस्ट-फ्री’ डबल डोर मोडलहरू रहेका छन् ।
विलासी र प्रिमियम अनुभवका लागि कम्पनीले ५२० लिटरको ‘मल्टी-डोर’ र ५५० लिटरको ‘साइड-बाइ-साइड’ रेफ्रिजरेटरहरू समेत उपलब्ध गराएको छ, जसले आधुनिक भान्साको सौन्दर्यलाई अझ निखार्ने काम गर्दछ ।





प्रतिक्रिया