राजनीतिक नियुक्ति लिएका सबैलाई राजीनामा दिन ऊर्जा मन्त्रालयको आग्रह

686
Shares

काठमाडौं। ऊर्जा मन्त्रालयले राजनीतिक नियुक्ति लिएका सबैलाई राजीनामा दिन आग्रह गरेको छ । मन्त्रालय मातहतका निकायमा नियुक्ति लिएका सबैलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने गरी अध्यादेश जारी हुँदा पनि सम्बोधन नभएका निकायका पदाधिकारीहरूलाई ऊर्जा मन्त्रालयले राजीनामा दिन आग्रह गरेको हो ।

ऊर्जा मन्त्रालयका अनुसार हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीसहित अध्यादेशले नछोएका र ऊर्जा मन्त्रालयबाट राजनीतिक नियुक्ति लिएका सबैलाई राजीनामा दिएर बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई मार्ग प्रशस्त गरिदिन आग्रह गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।