
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (इसीएफ)को समयावधि दुई महिना थप गरेको छ । आईएमएफको कार्यकारी बोर्ड इसीएफ सुविधाको बाँकी कार्यहहरु र शर्तहरु पूरा गर्ने समय २ महिना थप गर्ने निर्णय गरेको छ।
नेपाली अधिकारीहरूको अनुरोधमा बोर्डले यो अवधिलाई सन् २०२६ जुलाई ११ सम्म पुर्याएको आईएमएफले एक विज्ञप्ती जारी गर्दै बताएका छ ।
ईसीएफ अन्तर्गतको सातौं तथा अन्तिम समीक्षा सम्पन्न गर्न पर्याप्त समय मिलोस् भन्ने उद्देश्यले यो म्याद थप गरिएको आईएमएफले जनाएको छ। यसअघि यो कार्यक्रम सन् २०२६ मे ११ सम्मका लागि तय गरिएको थियो।
सन् २०२२ जनवरी १२ मा स्वीकृत ३८ महिने ईसीएफ कार्यक्रमको कुल रकम २८२.४२ मिलियन स्पेशस ड्रइङ राइटस् (एसडीआर) को करिब १८० प्रतिशत कोटा अथात् ३९५.९ मिलियम अमेरीकी डलर रहेको छ।
यो कार्यक्रम सुरु भएदेखि विभिन्न समयमा यसको कार्यतालिका परिमार्जन गरिँदै आएको छ। यसअघि सन् २०२३ मे १ र २०२५ डिसेम्बर १ मा पनि थप अतिरिक्त रकम उपलब्ध नगराई यसको समयसीमा र किस्तालाई पुनः तालिकीकरण गरिएको थियो।
आईएमएफको कार्यकारी बोर्डले यो निर्णय ‘ल्याप्स–अफ–टाइम’ प्रक्रियामार्फत गरेको हो। ल्याप्स–अफ–टाइम औपचारिक छलफलका लागि बैठक नबसीकनै बोर्डका सदस्यहरूले प्रस्तावलाई स्वीकृति प्रदान गर्ने कानुनी प्रक्रिया हो ।
२ महिना म्याद थपसँगै नेपालले ईसीएफ अन्तर्गतका बाँकी सुधारका कार्यहरू पूरा गर्न र अन्तिम किस्ता प्राप्त गर्न थप समय पाएको छ।









प्रतिक्रिया