एमआरपीका कारण जाँचपास विवाद: प्रतिबद्धताको आधारमा यसरी छुट्न थाले भन्सारबाट सामान

588
Shares

काठमाडौं । सरकारले भारतसहित तेश्रो मुलुकबाट आयात हुने सामानको जाँचपासको हकमा नयाँ व्यवस्था गरेको छ ।

भन्सार विभागले आयात हुने सामानको हकमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) स्वघोषणा गरेको आधारमा जाँचपास गराउन पाउने व्यवस्था गरेको छ।

विभागअनुसार भन्सार विन्दुमा जाँचपासको समयमा वस्तुको प्रकृति(औद्योगिक, नाशवान र मेसिनरी) को कारण खुलाएर सबै बस्तुमा एमआरपी लेवल भौतिक रुपमा उपलब्ध नभए पनि आयातकर्ताले भन्सार विन्दुमा एमआरपीको स्वघोषणा गरेको प्रतिवद्धता गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै आयात भएका वस्तुहरु भन्सार विन्दुबाट छुटाएर लगेपछि(बजारमा बितरण गर्नुअगावै) अनिवार्य रुपमा एमआरपी लेवल लगाएर मात्र बितरण गर्नुपर्ने लिखित प्रतिवद्धतासमेत आयातकर्ताले गर्नुपर्नेछ ।

ति दुई प्रकारको प्रतिवद्धता वेगर सामान आयात गरेर बजारमा बितरण गरेको पाइएमा प्रचलित कानूनअनुसार कारवाही गर्ने भन्सार विभागले जनाएको छ ।

आयात हुने सामानको नाम, ब्राण्ड, मोडेल, परिमाण, खरीद मूल्य(प्रति इकाई), घोषित एमआरपी(प्रति इकाई) लगायतको विवरण प्रतिवद्धता पत्रमा उल्लेख गरी आयातकर्ताले आफ्नो आफ्नो नाम, पद, कम्पनीको नाम र कम्पनीको छाप तथा हस्ताक्षरसहितको प्रक्रिया पूरा गरेपछि मात्रै सामानको जाँचपास गर्न पाइने व्यवस्था गरिएको छ ।