
एजेन्सी । साना विमान र ड्रोनहरूको प्रतिकार गर्न इरानले बिहीबार अबेर हवाई रक्षा प्रणाली सक्रिय पारेको छ ।
उता अमेरिकाको ह्वाइट हाउसले इरान युद्धमा संसद्को समयसीमाले आफूलाई नबाँध्ने संकेत दिएको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हवाई हमला इरानको आणविक र मिसाइल क्षमतालाई ध्वस्त पार्न खोजेका छन् । तर, तिनलाई जसरी भए पनि रक्षा गर्ने इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले चुनौतीपूर्ण स्वरमा प्रतिबद्धता व्यक्त गरेका छन् ।
फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि अमेरिकाका डेमोक्रेटहरूले ट्रम्पलाई अमेरिकी सेना फिर्ता गर्न वा संसद्को अनुमति लिनका लागि बाध्य पार्न बारम्बार प्रस्तावहरू पारित गर्ने प्रयास गरेका छन् । तर, सिनेट र प्रतिनिधिसभामा झिनो बहुमत भएका ट्रम्पका रिपब्लिकनहरूले ती प्रस्तावहरूलाई लगभग एकमतले अस्वीकृत गरिदिएका छन् ।









प्रतिक्रिया