
काठमाडौं । चालु आर्थिक वर्षमा बिद्युतीय सवारी साधनको आयात दर घटेको छ ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको श्रावणदेखि चैतसम्मको नौं महिनाको तथ्याँकअनुसार अघिल्लो वर्षको यहि अवधीको तुलनामा बिद्युतीय सवारी साधनको आयात दर घटेको हो ।
तथ्याँकअनुसार अघिल्लो वर्षको नौं महिनाको तुलनामा यो वर्षको नौं महिनामा करिब १० प्रतिशतले आयात दर घटेको हो । अघिल्लो वर्षको नौं महिनाको अवधीको तुलनामा यो वर्षको नौं महिनामा ७ सय ९४ वटा कम बिद्युतीय सवारी आयात भएको हो ।
चालु आर्थिक वर्षको नौं महिनाको अवधीमा १६ अर्ब ६५ करोड ९९ लाख ७९ हजार रुपैयाँबराबरको ७ हजार १ सय ७३ वटा बिद्युतीय सवारी आयात भएको थियो ।
गत् आर्थिक वर्षको नौं महिनामा भने १८ अर्ब ६२ करोड २२ लाख ३९ हजार रुपैयाँबराबरको ७ हजार ९ सय ६७ वटा सवारी आयात भएको थियो ।
चालु आर्थिक वर्षको नौं महिनामा पनि ५१ किलोवाटदेखि १ सय किलोवाटसम्मको सवारी साधन सबैभन्दा बढी आयात भएको छ । १० अर्ब ४५ करोड रुपैयाँबराबरको ४ हजार ८३ वटा कार, जीप र भ्यान आयात भएको छ ।
दोश्रोमा सबैभन्दा बढी ५० किलोवाटसम्मको बिद्युतीय सवारी साधन आयात भएको छ । तथ्याँकअनुसार ४ अर्ब ३८ करोड ७० लाख रुपैयाँबराबरको २ हजार ५ सय ८ वटा सवारी साधन आयात भएको छ ।
तेश्रोमा १०१ किलोवाटदेखि २ सय किलोवाटसम्मको १ अर्ब ७६ करोड ७८ लाख रुपैयाँबराबरको ५ सय ७४ वटा सवारी साधन आयात भएको छ भने सबैभन्दा कम २०१ किलोवाटदेखि ३ सय किलोवाटसम्मका ५ अर्ब ४१ करोड १६ लाख रुपैयाँबराबरको ८ वटा मात्रै आयात भएको छ ।
बिद्युतीय सवारी साधन सबैभन्दा बढी चीन र दोश्रोमा भात, तेश्रोमा जर्मनीबाट आयात हुँदै आएको छ ।









प्रतिक्रिया