अमेरिकी सहायक विदेशमन्त्रीको नेपाल भ्रमण: एमसीसी र आर्थिक सहकार्य मुख्य एजेन्डा


काठमाडौं । नेपालमा नयाँ सरकारको कार्यदिशा र आर्थिक एजेन्डाबारे बुझ्न अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आउने भएका छन्।

सोमबार काठमाडौं अवतरण गर्ने कपुरले बुधबारसम्म उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यतालिका छ।

परराष्ट्र मन्त्रालयका अनुसार कपुरको मुख्य भेट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग हुनेछ, जहाँ एमसीसी नेपाल कम्प्याक्टको शीघ्र कार्यान्वयन र नेपालको नयाँ आर्थिक नीतिहरूबारे संवाद हुनेछ। प्रोफेसर र सुरक्षा मामिलाका ज्ञातासमेत रहेका कपुरको भ्रमणले वासिङ्गटन डिसीको प्राथमिकतामा नेपालको रणनीतिक महत्व बढ्दै गएको संकेत गरेको छ।

अमेरिकी सेनाको ‘नेभी पोष्ट ग्राजुएट स्कूल’ मा अध्यापन गराइसकेका कपुरको कार्यकालमा अमेरिकाले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन खोजेको देखिन्छ।

क्षेत्रीय भ्रमण नगरी सिधै काठमाडौँ आउनुले अमेरिकाले नेपाललाई दक्षिण एशियाको एक स्वतन्त्र र महत्वपूर्ण साझेदारका रूपमा हेरेको पुष्टि गर्छ।