ड्राइफ्रुटमा किरा लागेको पाइएपछि बागमती स्वीट्सको मिठाई उत्पादन र बिक्री वितरणमा रोक

0
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बागमती स्वीट्स प्राइभेट लिमिटेडको उत्पादन र उत्पादित मिठाईको बिक्री बितरणमा रोक लगाएको छ ।

विभागका प्रवक्ता डा.बालकुमारी शर्माका अनुसार बागमती स्वीट्स प्राइभेट लिमिटेडको उत्पादन कारखानाको सरसफाई सन्तोषजनक नपाइएको र मिठाईमा प्रयोग गरिने ड्राइफ्रुट्सतर्फ कीरा लागेको अवस्थामा बदाममा फेला परेकाले कारखानाको उत्पादन र बिक्री बितरणमा रोक लगाइएको छ ।

अनुगमन जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहकार्यमा गरिएको थियो । विभागको टोलीले उक्त कारखानाबाट किरा परेको ५ किलो बदामसमेत जफत गरी नष्ट गरेको छ ।