
काठमाडौं । हावाहुरीसहितको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएको छ ।
एउटा अन्तर्राष्ट्रिय र ५ वटा अन्तरिक उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार चीनको कुनमिङबाट आउएको चाइना इस्टर्नको जहाज अवतरण गर्न नसकेर उतै डाइभर्ट भएको छ ।
आन्तरिक उडानमा पनि बुध्द एयरको भैरहवाबाट काठमाडौं आउँदै गरेको जहाज जनकपुर गएको छ । बुध्दकै चन्द्रगढीबाट आएको जहाज चन्द्रगढी नै गएको छ । बुध्दकै अर्को विराटनगरबाट आउँदै गरेको जहाज पनि विराटनगर नै गएको छ ।
यति एयरलाइन्सको विराटनगरबाट आउँदे गरेको जहाज विराटनगर नै फर्किएको छ । श्री एयरलाइन्सको धनगढीबाट आउँदै गरेको जहाज पनि धनगढी नै डाइभर्ट भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरणको लागि साँझ ४ बजेर ४० मिनेटमा ४ हजार मिटरको भिजिबिलिटी छ।
यो भिजिबिलीटीमा सम्बन्धित वायुसेवाले अनुकुलता हरेर उडान अवतरण गर्न सक्ने भएकोले डाइभर्ट भएका जहाजहरु पुनः काठमाडौं नै आउने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।










प्रतिक्रिया