महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

28
Shares

महोत्तरी । जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उनीमाथि निर्घात कुटपिट गरेको हो । घटना गए रातिको हो ।

स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्यु तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उनको जनकपुरमा उपचार भइरहेको छ ।

आक्रमणमा परेपछि उनले सहयोगका लागि प्रहरी–प्रशासनमा खबर गरेका थिए । उनलाई आफूहरुले तत्काल उहाँलाई उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले बताए । घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरुको खोजी जारी छ ।