भारत सरकारद्वारा ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

189
Shares

वीरगञ्ज । भारत सरकारद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ३० थान वान टन सवारी हस्तान्तरण गरेको छ ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आज यहाँ आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन क्षमताका ट्रक तथा अन्य निर्वाचन सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका छन् ।

नेपाल सरकारको आग्रहअनुसार आगामी निर्वाचनको तयारीलाई सघाउन उक्त सहयोग उपलब्ध गराइएको दूतावासले जनाएको छ ।

पर्साका प्रजिअ दाहालले समयमै निर्वाचनसम्बन्धी सामग्री हस्तान्तरण गरेकामा भारत सरकारप्रति आभार व्यक्त गरेका छन् ।

यसअघि, भारत सरकारले निर्वाचन सहयोगअन्तर्गत ५८० थान भन्दा बढी सवारीसाधन तथा अन्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । 

Skip This