तीन प्रदेशमा वर्षाको सम्भावना

0
Shares

काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा साधरणतया बादल तथा बाँकी प्रदेशको पहाडी भागमा आंशिक बादल लागेको छ। तराई भागका थोरै स्थानहरूमा तुवाँलो रहको छ।

आज दिउसो तराई भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ। देशको पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको हिमाली भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति तराई भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भाग सहित बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।