
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पूर्व निर्बाचित अध्यक्ष हिरा उदासको निधन भएको छ ।
महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौंला(सरोज) का अनुसार उपचारको क्रममा उदासको शनिबार बिराटनगरस्थित विराट टिचिङ अस्पतालमा निधन भएको थियो ।
उदास २०६१ बैशाख २१ गते धरानमा भएको महासंघको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएका थिए । उदास २०४७ भदौंदेखि २०६८ माघसम्म महासंघको अध्यक्षको भूमिकामा थिए ।
पूर्व अध्यक्ष उदासको निधनले यातायात क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै महासंघले केन्द्रिय कार्यालयसहित प्रदेश कार्यालय, संघ, समिति, कम्पनी, प्राली र जिल्ला कार्यालयको तीन दिनसम्म महासंघको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।








प्रतिक्रिया