चार प्रदेशमा वर्षाको सम्भावना

175
Shares

काठमाडौं। नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले देशका पहाडी तथा हिमाली भागमा साधरणतया बादल लागेको छ। तराई भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ। तराई भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

आज राति तराई भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ, पहाडी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम मुख्यतया सफा रहने।

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।