
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ आजबाट बिक्री खुला भएको छ । कम्पनीले आज फागुन ११ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेकालाई प्राथमिक सार्वजनिक निष्काशन आईपीओ खुला गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजीको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सार्वजनिक सेयर निष्काशनको लागि अनुमति पाएको थियो ।
जसमध्येबाट पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय ओखलढुङ्गा जिल्लाका खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८ का स्थायितको लागि २ लाख ३५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । त्यस्तै मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको लिखुपिखे गाउँपालिका २, रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ का स्थानीयको लागि १ लाख ४१ हजार कित्ता छुट्याएको छ । त्यस्तै न्युन प्रभावित क्षेत्रमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ र गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का लागि ९४ हजार कित्ता सेयर निष्कासन खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि कुल ४ लाख ७० हजार कित्ता सेयर निष्कासन गरेको हो ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९४ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले प्रतिकित्ता १ सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्युनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
आवदन दिने अन्तिम मिति स्थानीयको लागि छिटोमा फागुन २५ गते र ढिलोमा चैत्रमा ढिलोमा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म रहने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड हो । कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल बी माइनस’ रेटिङ दिएको छ ।








प्रतिक्रिया