उच्च हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

91
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सुको प्रभाव रहनेछ।

हिमाली भागमा साधारणतया बादल लाग्नेछ। पहाडी भागमा आंशिक बादल लाग्नेछ । तराईको भागमा मौसम सफा रहनेछ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी र हिमाली भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको उच्च पहाडी र हिमाली भागको केहि स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।