सुपर खुदी हाइड्रोपावरको आईपीओ मिति परिवर्तन, फागुन गतेदेखि खुल्ने

259
Shares

काठमाडौं । सुपर खुदी हाइड्रोपावरले फागुन ४ गतेदेखि निष्काशन गर्ने भनेको आईपीओको मिति परिवर्तन गरेको छ । कम्पनीले यसअघि फागुन ४ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को मिति तोकेको थियो ।

फागुन ४ गते कम्पनीले दोस्रो चरणमा १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्ने जनाएको थियो ।

तर अन्य कम्पनीहरूको सार्वजनिक निष्काशन तालिकासँग जुध्न गएपछि सुपर खुदी हाइड्रोपावरको आईपीओको मिति परिवर्तन् गरेर फागुन ५ गतेदेखि खुला गरिने भएको हो ।

कम्पनीले सूचना प्रकाशित गर्दै मिति परिवर्तनबारे जानकारी गराएको छ । कम्पनीले नयाँ मिति फागुन ५ देखि सर्वसाधारणले आवेदन दिन सक्ने जनाएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।