साल्ट ट्रेडिङले १० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले ३ करोड ४ लाख ६८ हजार १११ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १६ लाख ३ हजार ५८५ रुपैयाँ बराबरको नगद गरी कुल ३ करोड २० लाख ७१ हजार ६९६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।