
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई माघ २७ गते हकप्रद निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो ।
बोर्डको स्वीकृतिअनुसार अब कम्पनीले हाल कायम चुक्ता पुँजीको १००ः१० अनुपातमा कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
हकप्रद सेयरको निष्कासन मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। कम्पनीको हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धककमा भने लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।








प्रतिक्रिया