
काठमाडौं । तराईको थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको र केहि स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ ।
सोमबार तराईको केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। हिमाली भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भागमा आंशिक बादल लाग्नेछ । हिमाली भागको केहि स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
मंगलबार सबै हिमाली भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात रवर्षाको सम्भावना रहेकाले ती भागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएको छ।








प्रतिक्रिया