
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५३ अंकले घटेर २६२२.८८ बिन्दुमा बन्द भएको छ ।
अघिल्लो दिन आइतबार भने नेप्सेमा ४७.५५ अंकले बढेको थियो भने त्यसअघिका दुई दिन पनि नेप्सेमा सामान्य सुधार आएको थियो ।
सोमबार नेप्सेमा कुल ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन आइतबार भने नेप्सेमा ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
सोमबार एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ९.९४ प्रतिशतले बढेको छ । यस्तै, वीन नेला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।










प्रतिक्रिया