प्रभु बैंकका सीईओसहित उच्च अधिकारीमाथि सिआईबीले अनुसन्धान गर्दै गर्दा एक सञ्चालकले दिए राजीनामा

644
Shares

काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले बैंकिङ कसुरमा बैंकका प्रमुख कार्याकारी अधिकृत लगायतलाई पक्राउ गरी अनुसन्धान गरीरहेको समयमा बैंकका एक सञ्चालकले राजीनामा दिएका छन् ।

बैंकमा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित उच्च व्यवस्थापनका कर्मचारीकै संलग्नतामा कर्जा अपचलन गरी बैंकलाई हानी नोक्सानी पुर्याएको भन्दै सिआईबीले अनुसन्धान गरिरहेको छ । यसैबीच बैंकका सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका छन् ।

२४ मंसिरमा बसेको बैंक सञ्चालक समिति बैंठकले श्रेष्ठको राजीनमा स्वीकृत गरेको हो । सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनीधित्व गर्ने सञ्चालक श्रेष्ठले बैंकको सञ्चालकबाट राजीनामा दिएका हुन् । उनी लिवर्टी होल्डिङ्स प्रालिको तर्फबाट बैंकको सञ्चालक बनेका थिए।