
काठमाडौं । कृषि विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
बैंकले मंसिर २९ गते भक्तपुरमा १९ औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, अविमोच्य असंचिति अग्राधिकार सेयरधनीहरुलाई तोकिएबमोजिम कर प्रयोजनार्थसहित चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।







प्रतिक्रिया