शिवम् सिमेन्टले सेयरधनीलाई १२.५ प्रतिशत लाभांश दिने



काठमाडौं । शिवम् सिमेन्टले सेयरधनीलाई १२.५ प्रतिशत लाभांश दिने भएको छ ।

कात्तिक ३० गते आइतबार बसेको बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।