
काठमाडौँ । आगामी फागन २१ गतेका लागि तय भएको चुनाव सारेर २०८३ जेठ मा गर्नुपर्ने सुझाव प्राज्ञिक क्षेत्रबाट आएको छ ।
काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख प्राडा निर्मलमणि अधिकारीले २०८२ फागुनमै चुनाव गर्नु उपयुक्त नभएकाले चुनावको मिति सार्नका लागि राष्ट्रिय सहमति आवश्यक भएको जानकारी दिएका छन् ।
‘चुनाव हुनुपर्छ तर चुनाव मात्रै ‘एक मात्र विकल्प’ होइन । चुनाव हुनुभन्दा पहिल्यै समाधान गर्नुपर्ने धेरैवटा मुद्दाहरू छन् । समस्या समाधानसहित चुनाव गर्ने हो,’ अधिकारीले भने, ‘फगत् चुनावका लागि चुनाव मात्रै गर्ने होइन । चुनाव केही समय सारेर गर्दा पनि हुन्छ ।’
चुनाव सार्नुपर्ने कारणहरुमा अधिकारीले जेनजीका कतिपय अपरिहार्य माग चुनावभन्दा पहिले सम्बोधन गरिनुपर्ने खालका रहेको र त्यसका लागि पर्याप्त समय आवश्यक पर्छ ।
चुनावको तयारी नपुगेको, फागुनमा हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुने र चुनाव अगावै हुनुपर्ने पार्टीहरूका महाधिवेशनका लागि पनि पर्याप्त समय आवश्यक पर्ने बताउदै उनले सुरक्षा निकायको मनोबल स्थापित गर्नका लागि पनि केही समय दिनुपर्ने तर्क अघि सारेका छन् ।







प्रतिक्रिया