
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनपछि नेपालको राष्ट्रिय उत्पादनमा ३ प्रतिशतको ह्रास आउने प्रक्षपण गरेको बताएका छन् ।
बुधबार नेकपा एमालेको १०औं केन्द्रीय कमिटि बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘अहिले मैले भनिरहनु पर्दैन, विश्व बैंकले नै नेपालको राष्ट्रिय उत्पादनमा कम्तिमा ३ प्रतिशत ह्रास आउने भनिसकेको छ । यो देशले यसै वर्ष तीन प्रतिशतको उत्पादन र उत्पादकत्व वृद्धिमा क्षति बेहोर्नु सामान्य कुरा होइन,’ ओलीले भने, ‘पाँच प्रतिशतमाथिको उत्पादन दुई प्रतिशत हाराहारीमा खुम्चिनु चानचुने विषय होइन ।’
उनले, सबै कुराहरु सामान्य अवस्थामा रहँदै गर्दा मुलुकलाई क्षतिको बाटोमा धकेलिएको भन्दै त्यसलाई सुधार गर्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।







प्रतिक्रिया