एटीएमबाट नगद झिक्न पाउने सीमा घट्यो

1k
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएमबाट नगद झिक्न सक्ने सिमा घटाएको छ ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै एटीएमबाट नगद झिक्न पाउने सीमा घटाएको हो ।

अब डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रतिकारोबार बढीमा २० हजार मात्रै नगद निकाल्न पाइने भएको छ । यसअघि प्रतिकारोबार २५ हजारसम्म झिक्न पाइने व्यवस्था थियो ।

अब प्रतिदिन एटीएमबाट नगद झिक्न पाउने सीमा पनि घटाएर ५० हजार रुपैयाँ बनाइएको छ । यसअघि एटीएमबाट प्रतिदन १ लाख रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था थियो । त्यस्तै प्रतिमहिना ३ लाख रुपैयाँसम्म मात्रै नगद झिक्न पाउने व्यवस्था छ ।

यसअघि ४ लाख रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था थियो ।