पाकिस्तानी सेनाको जत्थामा इस्लामी लडाकुहरूको आक्रमण, ११ जनाको मृत्यु

329
Shares

एजेन्सी । अफगानिस्तानको सीमानजिक पाकिस्तानी सेनाको जत्थामाथि इस्लामी लडाकुहरूले बुधवार आक्रमण गरेका छन् ।

त्यसमा परेर नौजना अर्धसैनिक बलका सैनिक र दुईजना सैनिक अधिकृतहरूको मृत्यु भएको छ ।

पाकिस्तानी तालिबानले घटनाको जिम्मेवारी लिएको छ ।

उक्त जत्थाको गाडीमा बम विस्फोट भएपछि विशाल संख्यामा आएका लडाकुहरूले बन्दूक आक्रमण गरेका थिए ।

हालैका महिनामा तेहरीक–ए–तालिबान पाकिस्तानले पाकिस्तानका सुरक्षाकर्मीमाथिको आक्रमण चर्काएका छन् । उनीहरू सरकार ढालेर कट्टरपन्थी इस्लामी शासन चलाृन चाहन्छन् ।

इस्लामी अतिवादीहरूले अफगानिस्तानको भूमिमा प्रशिक्षण लिएर पाकिस्तानमाथि आक्रमणको योजना बुन्ने गरेको पाकिस्तान सरकारको दाबी छ । अफगानिस्तान सरकारले यस आरोपको खण्डन गरेको छ ।