हनुमन्ते, मनोहरा, चोभार, बल्खु, बिष्णुमतिलगायतको बाढी सडकमा पस्यो, सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिदैं (फोटो फिचर)

602
Shares

काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल बर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुर जिल्लास्थित विभिन्न खोलामा आएको बाढीको भेल सडक किनारमा आइपुगेको छ । केहि खोलाको बाढीको भेल खोला किनारमा रहेका बस्तीमा समेत प्रवेश गरेको छ ।

सुरक्षाका तीनवटै अंगसहित काठमाडौं महानगरपालिकाका नगरप्रहरी खोला किनारमा रहेको बस्तीका बासिन्दालाई सरसामानसहित सुरक्षित स्थानमा जान माइकिङ गर्नुका साथै जोखिममा रहेका बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिरहेका छन् ।

काठमाडौंको मनोहरा खोला, बागमति, धोविखोला, बिष्णुमति, चोभार, बल्खु भक्तपुरको हनुमन्ते खोलालगायतमा पानीको सतह बढेर खोला किनारमै बाढीको भेल आइपुगेको छ । हनुमन्ते खोला मनोहरा खोलामा मिसिएपछि आएको बाढीको भेल अहिले खोला किनारको बस्तीमा प्रवेश गरेको छ ।

बागमती खोला किनार
बागमती खोला किनार
बागमती खोला किनार
बल्खु किनार
चोभार
मनोहरा खोला र सडक
चोभार