
काठमाडौं । फिदिमको कात्र्तिकेस्थित तमोर नदी नजिकै यात्रुसहितको जीप तल खस्दा धेरै यात्रु हताहत भएका छन् ।
ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गरेको यात्रुसहितको जीप कुम्मायक गाउँपालिका वडा नम्बर ३ कार्तिकेको तमोर नदी नजिकै तल खसेको हो ।
सडकभन्दा निक्कै तल जीप खसेकाले धेरै यात्रु हताहत भएको बताइएको छ । प्रत्यक्षदर्शी सागर ढकालले दुर्घटना स्थल तमोर नदी नजिक भएकाले धेरै यात्रु हताहत भएको हुन सक्ने जानकारी दिए ।
घटनाको विस्तृत विवरण अहिले आइपुगेको छैन । स्थानीयबासीले उद्दारको लागी हेलिकप्टर र एम्बुलेन्स तत्कालै आवश्यक रहेको बताएका छन् ।








प्रतिक्रिया