
काठमाडौं । जेनजीलाई सम्वादमा आउन राष्ट्रपति रामचन्द्र पौडेलले अपिल गरेका छन् । उनले शान्तिपूर्ण सम्वादबाट निकास खोज्न आग्रह गरेका हुन् । पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि जेनजीसहितका आम नागरिक र सम्बन्धित सरोकारवाला सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृति भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षको सहयोग पाउनेमा विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवाद मार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका छन् ।







प्रतिक्रिया