एमालेका मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशनः राजिनामा नदिनू

1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन दिएका छन् । ओलीले आफ्ना मन्त्रीहरूलाई पदबाट नहट्न भनेका हुन् ।

प्रधानमन्त्री ओलीले आफूहरूलाई तत्कालीन परिस्थितिमा आत्तिनु नपर्ने र पद नछाड्न भनेका छन् । ओलीले भनेका छन्, ‘छानबिन समिति बनिसकेको छ, तपाईंहरू डराउनु पर्दैन, अहिले आत्तिएर पदबाट राजिनामा दिनु आवश्यक छैन ।’ उनले कांग्रेस वा अरूले के गरे भनेर आत्तिनु नपर्ने बताएका छन् ।

कांग्रेसका मन्त्रीहरू गृहमन्त्री रमेश लेखक र कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका छन् । एमाले मन्त्रीहरूले भने राजीनामाको सोच बनाएको विषय बाहिर आएको छैन । स्वास्थ्य मन्त्री प्रदीप पौडेल र पर्यटन मन्त्री बद्री पाण्डेले पनि राजिनामा दिने तयारी गरेको चर्चा छ ।