सिभिल अस्पतालको आग्रह: घाइतेको चाप धेरै बढ्यो, अन्य अस्पतालले पनि सघाउनुहोस्

35
Shares

काठमाडौं । बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल(सिभिल अस्पताल) ले जेन(जी आन्दोलनका घाइतेहरूको चाप बढ्दै गएको भन्दै अन्य अस्पतालहरूलाई उपचारमा सघाउन आग्रह गरेको छ ।

अस्पतालका निर्देशक मोहन रेग्मीले घाइतेहरूको चाप बढेकोले अन्य अस्पतालहरूलाई बिरामी लगेर उपचारमा सघाउन अपिल गरेका हुन् ।

अस्पतालमा करिब सय जना घाइतेहरूको उपचार भइरहेको छ भने हालसम्म ५ जनाको मृत्यु भइसकेको छ।

प्रहरी प्रशासनले गरेको दमनमा सैयौं प्रदर्शनकारी घाइते भएका छन्। अस्पतालमा करिब सय जना घाइतेहरुको उपचार भइरहेको छ ।