
काठमाडौंं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शनिबार बिहान लिपुलेक हाम्रै भएको बताएका छन् ।
चीनको तियानजिनमा हुन लागेको सांघाई सहयोग संगठनको (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार चीनतर्फ प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्टाटस राखेका हुन् ।
उनले लिपुलेक नाकाबाट व्यापार पुन सञ्चालन गर्ने भारत चीनबीचको सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण भएको उल्लेख गर्दै लिपुलेक नेपालकै हो भनेर चीनलाई सम्झाउन नबिर्सन ओलीलाई आग्रह गरेका छन् । उनले चीन भ्रमणको सफलताको पनि काम गरेका छन् ।
‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।,’ सामाजिक सञ्जालमा उनले भनेका छन्,’अल द बेस्ट हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।’









प्रतिक्रिया