
एजेन्सी । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे शुक्रवार पक्राउ परेका छन् ।
राष्ट्रपति हुँदा निजी भ्रमणमा लन्डन जाँदा राज्यकोषको दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ ।
उनी शुक्रवार बिहान फाइनान्सियल क्राइम्स इन्भेस्टिगेटिभ डिभिजनमा बयान दिन पुगेका थिए ।
यसअघि उक्त निकायले विक्रमसिंघेकी निजी सचिव सान्द्रा परेरालाई त्यही विषयमा बयान दिन बोलाएको थियो ।
विक्रमसिंघे सन् २०२२ जुलाईदेखि २०२४ सेप्टेम्बरसम्म श्रीलंकाका राष्ट्रपति थिए ।








प्रतिक्रिया