
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी टीसीएलले फ्रीस्टाइल स्की खेलाडी तथा ओलम्पिक च्याम्पियन एइलिन गुलाई आफ्नो विश्वव्यापी ब्रान्ड दूत नियुक्त गरेको छ । यो नियुक्ति टीसीएलको विश्व ओलम्पिक साझेदारको रूपमा ओलम्पिकलाई अझ सशक्त बनाउन प्रतिबद्धताको हिस्सा हो।
केवल १८ वर्षको उमेरमा फ्रीस्टाइल स्कीइङमा सबैभन्दा कान्छी ओलम्पिक च्याम्पियन बन्ने र एउटै हिउँदे ओलम्पिक खेलमा तीन पदक जित्ने पहिलो खेलाडीका रूपमा एइलिन गु टीसीएलको नारा ‘महानता जगाउने’ लाई प्रतिनिधित्व गर्ने व्यक्तित्व बनेकी छिन् ।
‘म टीसीएल परिवारसँग विश्वव्यापी ब्रान्ड दूतको यो नयाँ भूमिकामा आउँदा अत्यन्त उत्साहित छु,’ एइलिनले भनिन्, ‘टीसीएलले संसारलाई उत्साह र साहसका माध्यमबाट परिवर्तन गर्ने लक्ष्य साझा गरेको छ । म प्रत्येक पटक हिमाली खेलमैदानमा उत्रँदा नयाँ प्रगतिको लागि आफैँलाई चुनौती दिन्छु । टीसीएलले पनि आफ्ना निडर दृष्टि र नवप्रवर्तनमार्फत त्यही आत्मा देखाएको छ । आउँदो हिउँदे ओलम्पिक खेलकुद मिलान–कोर्टिना २०२६ नजिकिँदै गर्दा, म टीसीएलसँगै आकांक्षा र विजयका क्षणहरूलाई मनाउन आतुर छु।’
एइलिनको नियुक्ति टीसीएलको (महिलाका लागि टीसीएल) अभियानसँग प्रत्यक्ष मेल खान्छ, जसले प्रविधि र संस्कृतिमार्फत महिलाको दृश्यता र सशक्तिकरणलाई प्रोत्साहन गर्दै आएको छ । यस अभियानमार्फत टीसीएलले महिला–केन्द्रित कार्यक्रम र शैक्षिक पहलमा लगानी गर्दै हालसम्म दुई हजारभन्दा बढी युवतीलाई सहयोग पुर्याएको छ ।
गत फागुनमा टीसीएलले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसँग घरायसी अडियो–दृश्य उपकरण र घरायसी सामानको श्रेणीमा विश्व ओलम्पिक तथा पारा–ओलम्पिक साझेदारी घोषणा गरेको थियो । त्यस उपलब्धिलाई थप मजबुत बनाउँदै, गत असार महिनामा स्विट्जरल्याण्डको लोजानस्थित ओलम्पिक सङ्ग्रहालयमा टीसीएललाई स्थान दिइएको थियो । यस अवसरमा टीसीएलको योगदानको सम्मानस्वरूप स्मारक पत्थर अनावरण गरिएको थियो ।
साथै, ओलम्पिक दिवसको अवसरमा टीसीएलले आफ्नो पहिलो विश्वव्यापी अभियान सुरु गर्दै इटालीको मिलान क्याथेड्रल र अमेरिकाको लस एन्जेलसस्थित टीसीएल चिनियाँ रंगमञ्चमा शहरी नृत्य समूह ‘अर्बन थ्योरी’ को प्रस्तुति प्रदर्शन गरेको थियो, जसले दुई ओलम्पिक आयोजना सहरलाई गतिशील दृश्यमार्फत जोडेको थियो ।
आगामी हिउँदे ओलम्पिक खेलकुद मिलान–कोर्टिना २०२६ तर्फ, टीसीएलले खेलकुदमा आफ्नो ३० वर्षे विरासतलाई निरन्तरता दिँदै, अत्याधुनिक प्रविधिमार्फत खेलाडी र दर्शक दुवैको अनुभवलाई अझ समृद्ध बनाउने जनाएको छ । यसको डिजिटल प्रदर्शन प्रणालीले प्रतिस्पर्धा स्थलदेखि विश्वभरका अर्बौं दर्शकसम्म खेलकुदको पुर्याउनेछ ।








प्रतिक्रिया