
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतबाट आयात गर्न लागिएको आहारपूरक खाद्य पदार्थ गुणस्तरहिन पाइएको अभियोगमा आयात गर्न रोक्का गरेको छ ।
वीरगञ्जस्थित योर देल्ही वान ट्रेडर्सले भारतबाट आयात गर्नका लागि वीरगञ्ज भन्सार कार्यालयमा ल्याएको १४.४ किलो न्युट्रासिउटिकल जीएनसी म्यारिन कोलाजन १००, ४३.२ किलो न्युट्रासिउटिकल जीएनसी म्यारिन कोलाजन २०० जी र १६.२ किलो न्युट्रासिउटिकल जीएनसी फिस आयल आयातको लागि विभागले रोक्का गरेको हो ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनकाअनुसार ति आहारपूरक औषधीको विभागको वीरगञ्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले परीक्षण गर्दा गुणस्तरहिन भेटिएकाले आयात गर्न नमिल्ने भन्दै आयातमा रोक लगाइएको हो ।







प्रतिक्रिया