
काठमाडौं । विद्युतीय स्कुटर ‘चेतक’ को २०० को संख्यामा बुकिङ भएको छ । ६ दिनसम्म चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ र शोरुमबाट गरी यतिको संख्यामा खरिदकर्ता इच्छुक देखिएका हुन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा गत बुधबार(साउन २१ गते)देखि सोमबार (साउन २६ गते)सम्म चलेको एक्स्पो र शोरुममा समेत गरेर २०० चेतक बुकिङ भएको हो । बजाजको विक्रेता हंशराज हुलाशचन्द एन्ड कम्पनीले चेतक ३५०१ भेरियन्टको ईभी स्कुटर नाइमा एक्स्पो भन्दा भन्दा केही दिन अगाडि मात्रै सार्वजनिक गरेको थियो ।
यो स्कुटरले एक पटक चार्जमा १५३ किलोमिटर रेन्ज दिन्छ । यसलाई ० देखि ८० प्रतिशत चार्ज गर्न झन्डै ४ घण्टा समय लाग्छ । ३.५ किलोवाट आवर ब्याट्री क्षमता भएको चेतक ३५०१ को मूल्य कम्पनीले ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ ।
साथै, यो स्कुटरमा ३५ लिटरको बुट स्पेश दिएको छ । चेतकमा एलसीडी कन्सोल, म्युजिक कन्ट्रोल, हिल होल्ड असिस्ट, रिभर्स लाइट र गाइड-मि-होम ल्याम्प, स्मार्टफोन कनेक्टिभिटी जस्ता अत्याधुनिक फिचरहरू दिइएको छ ।
आकर्षक फिचरका साथ उपलब्ध रहेको चेतकलाई ८० प्रतिशत चार्ज गर्न मात्र ३ घण्टा लाग्छ । आईपी ६७ प्रमाणित मेटल बडिसहित तयार पारिएको चेतक ३५०१ विभिन्न मौसमको चुनौति सामना गर्न सक्षम छ । स्कुटरमा ३५ लिटरको अन्डर(सिट स्टोरेज हुनुका साथै स्मार्ट टीएफटी टचस्क्रिन कन्ट्रोल सुविधा पनि दिइएको छ ।







प्रतिक्रिया