नाइमा एक्स्पोमा मोर्बिडेलीका दुई मोटरसाइकल सार्वजनिक, मूल्य ९ लाख ९७ हजारसम्म

77
Shares

काठमाडौं । मोर्बिडेली नेपालले काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकल—टी ३५२ एक्स र टी २५२ एक्स—सार्वजनिक गरेको छ ।

इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा निर्मित यी मोटरसाइकलहरू नेपालका भू–भाग र सडक अवस्थालाई लक्षित गरेर तयार गरिएको कम्पनीले जनाएको छ ।

टी ३५२ एक्सः साहसिक यात्राका लागि भरपर्दो साथ
३४९.२ सिसी ट्विन(सिलिन्डर, ८–भल्भ इन्जिनयुक्त टी ३५२ एक्स मध्यम आकारको साहसिक मोटरसाइकल हो । यसमा ४०.९ अश्वशक्ति ८,५०० आरपीएम र ३१.५ एनएम टर्क क्षमता रहेको छ ।

६–स्पीड गियरबक्स, बोश डुअल च्यानल एबीएस, स्लिपर क्लच, मोर्बिडेली कनेक्ट एपसँग एकीकृत ७–इन्च टीएफटी डिस्प्ले, पिरेली स्कर्पियन टायर, यूएसडी अगाडि फोर्क, मल्टि–लिङ्क पछाडिको सस्पेन्सन तथा १८ लिटर इन्धन ट्याङ्की जस्ता विशेषता समावेश छन् ।

शोरूम मूल्य ९ लाख ९७ हजार र एक्स्पो अफर मूल्य ९ लाख २३ हजार तोकिएको छ।

टी २५२ एक्सस् शहरी युवा चालकका लागि शैली र सुविधा
२४९ सिसी ट्विन–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनयुक्त टी २५२ एक्स प्रारम्भिक तथा युवा चालकलाई लक्षित गरी डिजाइन गरिएको हो ।

यसमा ३३.५ अश्वशक्ति १२,००० आरपीएम, २१.५ एनएम टर्क, ६–स्पीड गियरबक्स, डुअल च्यानल एबीएस, स्लिपर क्लच, यूएसडी अगाडि फोर्क, १७–इन्च एलोय पाङ्ग्रा र टिएफटी डिजिटल डिस्प्ले सुविधा छन् ।

नाइमा एक्स्पोमा विशेष अफर

एक्स्पोमा स्टल नम्बर ५ मा पुग्ने आगन्तुकले मोर्बिडेली तथा बेनेलिका मोटरसाइकलमा विशेष छुट पाउनेछन् ।

बेनेलिका केही मोडेलमा अधिकतम १ लाखसम्म छुट उपलब्ध छ । साथै, निःशुल्क परीक्षण यात्रा, बुकिङमा उपहार र विशेष डिल पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।