भारतको सीतामढीमा जानकी मन्दिरको शिलान्यास, रामायण सर्किटमा जोडियो

532
Shares

एजेन्सी । भारतको बिहार राज्यमा रहेको सीतामढीमा शुक्रवार केन्द्र सरकारका गृहमन्त्री अमित शाहले जानकी मन्दिरको भूमिपूजन तथा शिलान्यास गरेका छन् ।

पुनौरा धाममा जानकी मन्दिरको निर्माण गरिँदैछ र त्यसका लागि शाहले शिलान्यास गरेका हुन् ।

शाहले माता जानकीको जन्मस्थल सीतामढी भएको दाबी गर्दै त्यस शहरलाई राजधानी दिल्लीसँग जोड्ने अमृत भारत ट्रेनको शुभारम्भ समेत गरेका छन् । उक्त ट्रेनले रामायण सर्किटलाई जोड्ने बताइएको छ ।

अयोध्यामा राम मन्दिर बनिसकेको अवस्थामा सीतामढीमा जानकी मन्दिर पनि बनाइएको अमित शाहले बताए ।

केन्द्र सरकारमा खाद्यमन्त्री रहेका चिराग पासवानले सीतामढीमा जानकी मन्दिरको निर्माणले बिहारमा धार्मिक पर्यटन बढाउने बताए । यसले बिहारको आर्थिक विकास र राजस्व सिर्जनामा पनि सहयोग गर्ने उनको भनाइ छ ।

भिडियो सौजन्य : न्यूज़18 इंडिया