
काठमाडौं । वायुसेवा कम्पनीलाई विदेशी मुद्रा सटहिमा थप सुविधा दिइएको छ । नेपाल राष्ट्र बैंकले विहीबार एकीकृ परिपत्र २०८१ म संशोधन गर्दै वायुसेवा कम्पनीलाई विदेशी मुद्रा सटहीमा सहजीकरण गरेको हो ।
अब हरेक वर्ष १ लाख डलरको सटही सुविधा वायुसेवा सञ्चालक संघले पाउने भएका छन् । यस अघि यस्तो सुविधा प्रत्येक पटक भनेर उल्लेख गरिएको थिए ।
राष्ट्र बैंकले उल्लेख गरेको छ, ‘वायुयान सेवा सञ्चालक संस्थालाई प्रति पटक अमेरिकी डलर एक लाख (अमेरिकी डलर एक लाख) वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा (भारतमा अमेरिकी डलर एक लाख १,००,००० बराबर हुने भारु वा परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गर्न सकिने) सम्मको सेवा आयातको लागि देहाय बमोजिमका कागजातहरुको आधारमा वाणिज्य बैंकहरुबाट विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन सकिनेछ ।’








प्रतिक्रिया