बेलायतमा बास्मती चामल सस्तोमा पाइएपछि किन्नलाई हारालुछ (भिडियो)

868
Shares

एजेन्सी । पूर्वी लन्डनको ह्वाइटच्यापल क्षेत्रमा रहेको सेन्सबरीज स्टोरमा बास्मती चामल खरिद गर्न ग्राहकहरूले हारालुछ गरेको अराजक दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा दक्षिण एसियाली मूलका मानिसहरू देखिन्छन् । उनीहरू ट्रलीमा चामलका प्याकेट भरिरहेका देखिन्छन् । अरू ग्राहकहरू साँघुरो प्यासेजमा धकेलाधकेल गर्दै अगाडि बढ्न संघर्ष गरिरहेका देखिन्छन् ।

चामलको मूल्य प्रतिप्याकेट ९.५ पाउन्ड मात्र राखिएकाले किन्नका लागि यस्तो भीडभाड भएको बताइएको छ ।

उक्त भिडियोलाई पहिलोपटक यूबी१यूबी२ वेस्ट लन्डन (साउथहल) नामक सामाजिक सञ्जाल अकाउन्टले सार्वजनिक गरेको थियो ।

सामाजिक सञ्जालमा यो भिडियो व्यापक रूपमा शेयर गरिएको छ र यसले ठूलो बहस निम्त्याएको छ । केही प्रयोगकर्ताहरू यो दृश्य देखेर रमाइरहेका छन् भने केहीले आलोचना गरेका छन् । थोकमा किनमेल गर्ने यस्तो प्रवृत्तिलाई धेरैले आलोचना गरेका छन् ।

एक प्रयोगकर्ताले लेखे, ‘म यस्तो लोभी व्यवहार सहन सक्दिनँ । केही पाउन्ड बचत गर्नकै लागि मानिसहरू आफैंलाई अपमानित गर्दैछन् ।’

दक्षिण एसियालीहरूले अन्य मुलुकमा गएर असभ्य व्यवहार देखाउने गरेको भनी यदाकदा आलोचना हुने गरेको छ ।